२०८३ साउन २१ गते बिहीबार

पोखरामा हल्का पानी पर्यो, केही शीतलको महसुस

पोखरामा हल्का पानी पर्यो, केही शीतलको महसुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २९ गते सोमबार ०९:५३

मौसमविदका अनुसार बुधबारसम्म नेपालमा मनसुन भित्रने सम्भावना रहेको छ । प्राय जुन ७ मा नेपालमा मनसुन भित्रने गरेपनि यो वर्ष भने एक हप्तापछि मात्र मनसुन नेपालमा भित्रन लागेको हो । मनसुन भित्रएर पानी पर्न थालेपछि गर्मी विस्तार कम हुने अनुमान गरिएको छ । मनसुन भित्रिएसँगै नेपालमा भारी वर्षा हुने गर्दछ ।

पोखरा

पोखराको मौसममा बदली भएको छ । केही दिनदेखिको गर्मीले उकुसमुकुस भएका पोखरेलीले आज बिहानदेखि राहतको महसुस गरेका छन् । आज विहान पोखरामा हल्का पानी परेको छ ।

बिहान ८ः४५ बजे मापन गरिएको तापक्रम अनुसार पोखराको तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस छ । शुक्रबार पोखरामा ३६ डिग्री सेल्सियस पुगेर जुन महिनाको तापक्रमको नयाँ रेकर्ड कायम भएको थियो । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो ।

सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ र सन् १९९२ को अप्रिल २२ मा ३७.४ डिग्री पुगेको थियो । मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन समयका रुपमा लिने गरिएको छ ।

मौसमविदका अनुसार बुधबारसम्म नेपालमा मनसुन भित्रने सम्भावना रहेको छ । प्राय जुन ७ मा नेपालमा मनसुन भित्रने गरेपनि यो वर्ष भने एक हप्तापछि मात्र मनसुन नेपालमा भित्रन लागेको हो । मनसुन भित्रएर पानी पर्न थालेपछि गर्मी विस्तार कम हुने अनुमान गरिएको छ । मनसुन भित्रिएसँगै नेपालमा भारी वर्षा हुने गर्दछ ।

प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०९:५३
हजुरको प्रतिक्रिया