२०८३ असोज २४ गते शनिबार

पोखराको ढल निकासको मुद्दा संसदमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३२ गते बिहीबार ०३:१४

उनले पोखराको यस अवस्थालाई तीनै तहका सरकारले दीर्घकालीन बृहत योजना ल्याएर कार्यान्वयन गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराइन् ।

दीर्घकालीन योजनाको खाँचोः सांसद भट्टराई

पोखरा

सांसद विद्या भट्टराईले प्रतिनिधिसभाको बैठकमा बिहीबार शून्य समयमा बोल्दै पोखरामा ढलको उचित निकास हुन नसक्दा पैदल यात्री, सवारी चालकले वर्षायाममा समस्या भोग्नु परेको भन्दै सरकारको ध्यानकर्षण गराएकी छन् ।

उनले लगातार वर्षाले पोखरा जलमग्न हुँदा ढलको उचित निकास हुन नसकेको बताउँदै फुटफाथ र सडकलेन नै देख्ने अवस्था नहुँदा दुइ पांग्रे सवारी बगाउने स्थिति आएकोे उल्लेख गरिन् ।

उनले यस अवस्थाले सबैलाई गिज्याइरहेको बताइन् । उनले पोखराको यस अवस्थालाई तीनै तहका सरकारले दीर्घकालीन बृहत योजना ल्याएर कार्यान्वयन गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रकाशित मिति २०८० जेठ ३२ गते बिहीबार ०३:१४
हजुरको प्रतिक्रिया