२०८३ साउन २१ गते बिहीबार

पोखरामा नक्कली सुन देखाएर सक्कली सुन चोरी

पोखरामा नक्कली सुन देखाएर सक्कली सुन चोरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १ गते शुक्रबार ०८:००

पोखरा नक्कली सुन देखाएर सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका ४४ वर्षीय विमल तामाङ र हेटौंडाका ४१ वर्षीय सन्तोष मगर छन् । उनीहरु बिहीबार पोखरा २६ लेखनाथ...

पोखरा

नक्कली सुन देखाएर सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका ४४ वर्षीय विमल तामाङ र हेटौंडाका ४१ वर्षीय सन्तोष मगर छन् ।

उनीहरु बिहीबार पोखरा २६ लेखनाथ अर्घौंचोकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार उनीहरुले पोखरा महानगर १०, अमरसिंहस्थित शिवमन्दिर परिसरमा जेठ ५ गते नक्कली सुन देखाएर सक्कली सुन चोरेर फरार भएका थिए ।

डिएसपी विकले उनीहरुको साथबाट सुनजस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो रङको धातु ३ थान, विभिन्न कम्पनीका ३ थान मोबाइलसहित ५ हजार ४३५ रुपैयाँ बरामद गरिएको जानकारी दिए ।

‘निजहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रियाअगाडि बढाइएको छ,’ डिएसपी विकले भने ।

प्रकाशित मिति २०८० असार १ गते शुक्रबार ०८:००
हजुरको प्रतिक्रिया