२०८३ साउन २१ गते बिहीबार

पञ्चाङ्ग निर्णायक समितिद्वारा यस बर्षकाे भाइटीकाको उत्तम साइत सार्वजनिक

पञ्चाङ्ग निर्णायक समितिद्वारा यस बर्षकाे भाइटीकाको उत्तम साइत सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २४ गते सोमबार ११:२०

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षकाे भाइटीकाको उत्तम साइत सार्वजनिकगरेको छ । समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ः३७ मिनेटमा रहेकाे छ ।

यस बर्षकाे भाइटीकाको उत्तम साइत मसिर १ गते विहान ११:३७ मा

पाेखरा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षकाे भाइटीकाको उत्तम साइत सार्वजनिकगरेको छ । समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ः३७ मिनेटमा रहेकाे छ ।

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशीधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन ।भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः ०४ बजेसम्म मात्र द्वितीया तिथि छ ।

शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

प्रकाशित मिति २०७७ कात्तिक २४ गते सोमबार ११:२०
हजुरको प्रतिक्रिया