२०८३ साउन २१ गते बिहीबार

रास्वपा स्थापनाको एक वर्ष पूरा, स्थापना दिवसमा चियापान

रास्वपा स्थापनाको एक वर्ष पूरा, स्थापना दिवसमा चियापान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०८:५७

संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्षमा ८ र समानुपातिकमा १३ गरी २१ सांसद छन् ।

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको एक वर्ष पूरा भएको छ । रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई बोलाइ चियापान कार्यक्रम गर्ने भएको छ ।

उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ । यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान कार्यक्रम गरेको छ । साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो । संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्षमा ८ र समानुपातिकमा १३ गरी २१ सांसद छन् ।

 

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०८:५७
हजुरको प्रतिक्रिया