२०८३ साउन २१ गते बिहीबार

गण्डकी सभामा बजेटमाथिको छलफल जारी

गण्डकी सभामा बजेटमाथिको छलफल जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार १०:१९

प्रतिपक्षका सांसदले परिणाममुखी बजेटको नारा लगाएर फेरि पनि वितरणमुखी बजेट ल्याइएको बताएका छन् ।

पोखरा

गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल प्रदेश सभामा जारी छ । आज पूर्वान्ह ११ बजे बस्ने बैठकमा सांसदहरुले बजेट माथिको छलफलमा भाग लिनेछन् । गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले कृषि, स्वास्थ्य, पर्यटनलाई जोड दिँदै भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथि सुरु भएको छलफलमा प्रतिपक्षीले समृद्धिको आधार र लक्ष्य प्राप्तिको बाटो समाउन नसकेको भन्दै आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदले जनताको जीवनसँग जोडिएको भन्दै प्रशंसा गरेका छन् । प्रतिपक्षका सांसदले परिणाममुखी बजेटको नारा लगाएर फेरि पनि वितरणमुखी बजेट ल्याइएको बताएका छन् ।

बजेटले हरेक क्षेत्रका प्राथमिकता पहिल्याएको भन्दै कृषि क्षेत्रमा सुधारकै प्रयास गरिएको सत्ता पक्षका सांसदको भनाइ छ । अर्थमन्त्री जीतप्रकाश आलेले कुनै पार्टी विशेष नभइ समग्रह प्रदेश र जनताकै हितलाई हेरे बजेट ल्याएको दाबी गरेका छन् ।

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार १०:१९
हजुरको प्रतिक्रिया