२०८३ साउन २१ गते बिहीबार

सांसदको माग : उत्तर नआउने भए शून्य समय हटाऊँ (भिडियो)

सांसदको माग : उत्तर नआउने भए शून्य समय हटाऊँ (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ८ गते शुक्रबार ०१:५३

माओवादी सांसद भण्डारीले बिहीबारको शून्य समयमा बोल्दै अस्पताल भवन निर्माण अलपत्र भएको, सडक अलपत्र भएको र किसानका समस्या राख्दा उत्तर नआएको गुनासो गरे ।

पोखरा । गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले शून्य समयमा उठाएका विषय सम्बोधन नहुने भए व्यवस्था नै हटाउन सभामुखसँग माग गरेका छन् ।

माओवादी सांसद भण्डारीले बिहीबारको शून्य समयमा बोल्दै अस्पताल भवन निर्माण अलपत्र भएको, सडक अलपत्र भएको र किसानका समस्या राख्दा उत्तर नआएको गुनासो गरे ।

‘मैले शून्य समयमा बेनी अस्पताल भवन निर्माण, बेनी–जोमसोम सडक, किसानले बिउ राख्नेबेला मल नपाउने, लम्पी स्किनलगायत समस्या सदनमा उठाउँदा आजसम्म कुनै उत्तर आउँदैन भने यो शून्य समय किन राखिन्छ ? उत्तर नआउने हो भने शून्य समय हटाउन अनुरोध गर्दछु,’ सांसद भण्डारीले भने ।

भण्डारी म्याग्दी प्रदेश सभा (क)बाट निर्वाचित हुन् ।

प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०१:५३
हजुरको प्रतिक्रिया