बागलुङ/ बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ ।
उपप्रमुख राजु खड्काले आइतवार पेश गरेकाे बजेटमा नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक आय समेत जोडेर १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको हाे । जसमा संघिय सरकारको बित्तिय समानीकरण तर्फ १५ करोड ८५ लाख, राजश्व बाँडफाँड तर्फ १२ करोड ३४ लाख, सशर्त अनुदान तर्फ ७१ करोड २६ लाख र समपुरक अनुदान तर्फ १ करोड ८५ लाख आय अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको ६ करोड १८ लाख र आन्तरिक आय ९ करोड २४ लाख समेत आय हुने अनुमान गरिएको हो । खर्च तर्फ चालु बर्ष बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणा गर्न १ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ । नगरपालिकाले आगामी पुस ममान्त भित्र बागलुङ नगरपालिकालाइ बालमैत्री घोषाण गर्ने लक्ष राखेको छ ।
नगरस्तरीय पूर्वाधार निर्माण गर्न २ करोड ५० लाख, नगर क्षेत्रमा सडक बत्ति निर्माण गर्न ३५ लाख र नगरकी छोरी अभियानकालागि १५ लाख रुपैयाँ रकम बिनियोजन गरिएको हो । आगामी बर्षदेखि हरेक छोरीको जन्म हुने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोल्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति ल्याएका थिए । आगामी पुस मसान्त सम्ममा नगरपालिका बालमैत्री घोषणा गर्ने लक्ष समेत छ ।
नगर सफाइकालागि १ करोड २० लाख, एक वडा एक नमूना पूर्वाधारकालागि हरेक वडामा ४० लाखको नमूना योजना संचालन गर्न बजेट बिनियोजन गरिएको छ । छाडा कुकुर व्यवस्थापन गरेर होस्टेल निर्माण गर्न १५ लाख रुपैया“ बिनियोजन गरिएको छ । ग्रीन रोड व्यवस्थापनको थालनी गर्ने, पदमसिंह विश्वकर्मा छात्रवृत्ति कार्यक्रम संचालन गर्ने खड्काले जानकारी दिए ।
निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका नगरपालिका भित्रका ठूला पूर्वाधार आगामी बर्ष संचालन गर्ने बजेटले लक्ष राखेको छ । बलेवा बिमानस्थल, बागलुङ बसपार्क र औद्योगिक ग्राम संचालन गर्ने समेत बजेटमा समावेश छ । बागलुङ नगरपालिकाले पहिलो पटक कुकुर होस्टेल समेत निर्माण गर्न लागेको छ । त्यसकालागि पनि नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । यो अभियान अनुसार छाडा कुकुर एकीकृत गरेर राख्ने, सरसफाइ र रोग बिरुद्धको खोप लगाउने तथा पाल्न चाहनेकालागि दर्ता गरेर दिने व्यवस्था गरिनेछ । घरघरमा पालिएका कुकुर पनि अनिवार्य दर्ता र नविकरण गर्नुपर्ने समेत नगरपालिकलो व्यवस्था शुरु गरेको हो ।
चालुबर्ष भने नगरपालिकाले घाटा बजेट संचालन गरेको बजेटमा उपप्रमुख राजु खड्काले बताएका छन् । संघिय र प्रदेश अनुदान बाट आउनुपर्ने १ अर्ब ५८ करोड ३२ लाख आय अनुमान गरिएकोमा गत जेठ मसान्त सम्ममा ८६ करोड ६६ लाख बजेट अर्थात ८६ प्रतिशत मात्र प्राप्त भएको र सो अनुसार काम गर्न समेत नसकिएको बतएका छन् । चालु बर्ष आन्तरिक श्रोतमा अपेक्षित उपलब्धी नभएकोले श्रोतमा समेत न्युनता आएको, आर्थिक श्रोत साधनको सिमितता र स्थानीय असिमित आवस्यकता बढेको, राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम कार्यान्वयनमा दायित्व सिर्जना भएको तर रकम प्राप्त भएर पनि खर्च गर्न नसकिएको तथा स्विकृत काम छिटो भएपनि भुक्तानी दिन नसक्दा दायित्व सिर्जना भएको बताइएको छ ।
प्रकाशित मिति २०८० असार १० गते आइतबार ०९:४१




