२०८३ साउन २१ गते बिहीबार

काठेखोला गाउँपालिकाको बजेट ५६ करोड १२ लाख

काठेखोला गाउँपालिकाको बजेट ५६ करोड १२ लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १० गते आइतबार ०९:४६

गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड ६३ लाख ५२ हजार रुपैयाँ, पुर्वाधार विकास तर्फ ७ करोड ४३ लाख ९ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ४ करोड ६७ लाख २० हजार रुपैयाँ, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार रुपैयाँ र वन, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ बिनियोजन भएको छ ।

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ । आईतबार १३ औं गाउँसभा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले उक्त बजेट प्रस्तुत गरेका हुन् । काठेखोला गाउँपालिकाको गाउँपालिका स्तरीय कार्यक्रमका लागि १६ करोड ३५ लाख ३४ हजार रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड ६३ लाख ५२ हजार रुपैयाँ, पुर्वाधार विकास तर्फ ७ करोड ४३ लाख ९ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ४ करोड ६७ लाख २० हजार रुपैयाँ, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार रुपैयाँ र वन, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ बिनियोजन भएको छ ।

गाउँपालिकाले प्रशासकीय भवनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न १ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनका लागि ६० लाख, उद्योग तर्फ १३ लाख, उर्जा तर्फ ८ लाख, शिक्षा तर्फ २३ करोड १२ लाख, स्वास्थ्य तर्फ ३ करोड ९७ लाख, खेलकुदका लागि एक लाख, सामाजिक सुरक्षा तथा रोजगार प्रबद्र्धनका लागि १ करोड ३ लाख रुपैयाँ बिनियोजन गरेको छ । झोलुङ्गे पुल निर्माणका लागि ४० लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाले आन्तरीक आय ७० लाख हुने अनुमान गरेको छ ।

प्रकाशित मिति २०८० असार १० गते आइतबार ०९:४६
हजुरको प्रतिक्रिया