२०८३ साउन २१ गते बिहीबार

बजेटले हैरान माननीय : फोनमा जनताको घुर्की र गाली ! (भिडियो)

बजेटले हैरान माननीय : फोनमा जनताको घुर्की र गाली ! (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १२ गते मंगलबार ०८:३७

प्रदेश सरकारको बजेट कम हुँदा सांसदहरु जनताले माग गरेअनुसारका योजनामा बजेट हाल्न असमर्थ छन् ।

पोखरा

 

प्रदेश सरकारको बजेट कम हुँदा सांसदहरु जनताले माग गरेअनुसारका योजनामा बजेट हाल्न असमर्थ छन् । बजेट नहालिदिएको भनेर फोन म्यासेज आइरहेको भन्दै गण्डकी प्रदेश सभा सदस्यले आफ्ना समस्या संसदमा पोखेका छन् ।

गण्डकी प्रदेश सभाको बैठकमा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेटमाथि छलफल भयो । ती मन्त्रालयका बजेटमाथि छलफल गर्न रोष्ट्रम उक्लिएका सांसदले बजेटमा जनताले के भनिरहेका छन् भनेर आफ्ना दुःख सुनाए ।

सत्तापक्ष माओवादी केन्द्रकी सांसद दमयन्ती रुचालले त जनताले बजेट नपरेकोमा घुर्काएको भन्दै दुखेसो पोखिन् । उनले बजेट बनाउने प्रक्रियामा कर्मचारीले ज्यादा हस्तक्षेप गरिरहेको भन्दै असन्तुष्टि पनि जनाइन् । त्यतिमात्रै होइन, मन्त्रालय जाँदा सांसदलाई कर्मचारीले वास्ता नै नगर्ने गरेको गुनासो गरिन् ।

नेपाली कांग्रेस डिल्लीराम सुवेदीले बजेट परेपछि फोन म्यासेज आउने सांसदहरुको साझा समस्या आफूले पनि भोगिरहेको सुनाए । आफूलाई जनताले ९ सय योजनाको सूची थमाएको तर यसपटक डेढ सय जति योजना परेपछि फोन म्यासेज आउने क्रम चलिरहेको उनको भनाइ थियो ।

प्रतिपक्षी नेकपा एमाले सांसद गणेशमान गुरुङले त सांसद भकुण्डोजस्तो भएको भन्दै ठट्टा गरे । बजेट माग्न झोला बोकेर हिँड्नुभन्दा योजना बैंक बनाएर त्यसलाई कार्यान्वयन गर्दा उचित हुने सरकारलाई सांसद गुरुङले सुझाव दिए ।

प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ०८:३७
हजुरको प्रतिक्रिया