२०८३ साउन २१ गते बिहीबार

ठूलो परिमाणको लागु औषधसहित तनहुँबाट ३ जना पक्राउ

ठूलो परिमाणको लागु औषधसहित तनहुँबाट ३ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २५ गते मंगलबार ०१:१४

पोखरा । तनहुँको कोत्रेबाट ठुलो परिमाणको  लागूऔषध सहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री...

पोखरा । तनहुँको कोत्रेबाट ठुलो परिमाणको  लागूऔषध सहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुईसय ८६ थान विभिन्न लागु औषधहरु बरामद गरेको दावी गरेको छ । उनिहरुको साथबाट डाईजापाम-१०४ एम्पुल, नुफिन- ८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ०१:१४
हजुरको प्रतिक्रिया