२०८३ कात्तिक ११ गते मंगलबार

आज राष्ट्रिय धान दिवस, पोखरामा असारे रोपाइँ महोत्सव

आज राष्ट्रिय धान दिवस, पोखरामा असारे रोपाइँ महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १५ गते शुक्रबार ०७:१८

दही चिउरा खाने पर्वको रुपमा पनि असार १५ लाई मनाउने गरिन्छ । पोखरामा असार १५ मा वर्षेनी असारे रोपाइँ महोत्सव हुँदै आएको छ ।

पोखरा

आज राष्ट्रिय धान दिवस । खेतमा रोपाइँ गरेर आज यो दिवस मनाइँदै छ । दही चिउरा खाने पर्वको रुपमा पनि असार १५ लाई मनाउने गरिन्छ । पोखरामा असार १५ मा वर्षेनी असारे रोपाइँ महोत्सव हुँदै आएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औं राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । आज असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गरेर धान रोप्ने चलन छ । २०६१ को मन्त्रिपरिषद्को निर्णय अनुसार २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने जन विश्वास गरिन्छ ।

यसैबीच आज पोखरामा १८ औं असारे रोपाइँ महोत्सव हुँदैछ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा १३ कसेरीमा हुने महोत्वसमा विदेशी पर्यटक पनि सहभागी हुनेछन् । ‘सबै मौसमका लागि पोखरा’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित परिषद्ले असार १५ मा रोपाइँ महोत्सव गर्दै आएको छ । महोत्सवमा हिलोमा विभिन्न खेलहरु पनि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

प्रकाशित मिति २०८० असार १५ गते शुक्रबार ०७:१८
हजुरको प्रतिक्रिया