२०८३ साउन २१ गते बिहीबार

‘तिम्रो फिगरको फ्यान हुँ, फोटो पठाऊ गाेप्य रहन्छ’

‘तिम्रो फिगरको फ्यान हुँ, फोटो पठाऊ गाेप्य रहन्छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १८ गते सोमबार ०६:४९

‘अब बोल्ने’ नामक ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको म्यासेज स्क्रिनसट अनुसार इन्स्पेक्टरले मध्यरातमा ‘तिमीलाई एउटा कुरा थाहा छ ? म तिम्रो शरीरको फ्यान हुँ नि’ भन्दै म्यासेज गरेका छन् ।

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिम्सिनाले मध्यरातमा युवतीहरुलाई अश्लिलजन्य म्यासेज गर्दै हिंसा गरेको आरोप लागेको छ । तिम्सिनाले म्यासेन्जर तथा इन्स्टाग्राममा म्यासेज गर्दै आफू उनीहरुको शरीरको फ्यान भएको र भिडियो कल गर्न आग्रह गरेको सार्वजनिक भएको छ ।

‘अब बोल्ने’ नामक ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको म्यासेज स्क्रिनसट अनुसार इन्स्पेक्टरले मध्यरातमा ‘तिमीलाई एउटा कुरा थाहा छ ? म तिम्रो शरीरको फ्यान हुँ नि’ भन्दै म्यासेज गरेका छन् ।

त्यसपछि ‘एउटा फोटो पठाऊ न डियर, यो कुरा हामीबीच गोप्य रहनेछ’ भन्दै अर्को म्यासेज पनि गरेका छन् ।

प्रहरीमै कार्यरत इन्स्पेक्टरले महिलामाथि अपाच्य शब्द प्रयोग गर्दै म्यासेज गर्ने खुलेपछि व्यापक विरोध भइरहेको छ ।

महिलामाथि हिंसाको आरोप लागेका तिम्सिनाले भने आफ्नो इन्स्टाग्राम आइडी कही समय अगाडि नै ह्याक भएको र यसबारे छानविन गर्न साइबर ब्युरोलाई खबर गरिसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति २०८० असार १८ गते सोमबार ०६:४९
हजुरको प्रतिक्रिया