२०८३ कात्तिक १० गते सोमबार

पौडी खेलिरहेका एकै परिवारका १० जना सदस्य बगे

पौडी खेलिरहेका एकै परिवारका १० जना सदस्य बगे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १९ गते मंगलबार ०७:३४

मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा...

मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा ४ देखि ४० वर्षसम्मका मानिसले ज्यान गुमाएका छन्।

स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एकजना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन्। तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो। उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन्।

‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ। एजेन्सी

प्रकाशित मिति २०८० असार १९ गते मंगलबार ०७:३४
हजुरको प्रतिक्रिया