२०८३ असोज २३ गते शुक्रबार

पोखरा महानगर वडा नं ४ मा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा महानगर वडा नं ४ मा अत्यावश्यक बाहेकका सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार १२:२५

पोखरा । पाेखरा महानगरपालिका वडा नं ४ ले एक सुचना जारी गर्दै बुधबार २६ गतेदेखि अर्को आदेश नभइञ्जेलसम्मका लागि वडा कार्यालयमार्फत प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उल्लेख गरेको छ । समूदायस्तरमै कोरोना संक्रमण...

काेराेना कहरले महानगरका विभिन्न ८ वडाहरुको सेवा स्थगित

पोखरा । पाेखरा महानगरपालिका वडा नं ४ ले एक सुचना जारी गर्दै बुधबार २६ गतेदेखि अर्को आदेश नभइञ्जेलसम्मका लागि वडा कार्यालयमार्फत प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उल्लेख गरेको छ ।

समूदायस्तरमै कोरोना संक्रमण फैलिएको तथा ट्रेसिङ्मा परेका मानिसहरुपनि सेवाग्राहीका रुपमा वडा कार्यालयमा सेवा लिन आउने गरेको पाइएपछि हाललाइ अर्को आदेश नभएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सेवा स्थगत गरिएको वडा सचिव राम बहादुर खत्रीले जानकारी दिए ।

केहि दिनमा तिहारको सार्वजनिक बिदा नै रहेको हुँदा हाललाई तिहारसम्मका लागि सेवा स्थगत गरिएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । तिहारपछि अर्को सूचना जारी गरेर सेवा सुचारु गरिने उनकाे भनाइ छ ।

यसअघि नै पोखरा महानगरभित्रका विभिन्न सातवटा वडा कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको सूचना सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार १२:२५
हजुरको प्रतिक्रिया