२०८३ साउन २१ गते बिहीबार

बागलुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

बागलुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

रोहन जि.सी

@Public 4K Tv

२०८० असार २६ गते मंगलबार ०३:५०

जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

बागलुङ

बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करले बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनी देखि सोइरेनी सम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करले स्थानीय भान बहादुर घर्तीको छोरा वर्ष १४ वर्षीय सुनिल घर्तीको सोमबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए ।

जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति २०८० असार २६ गते मंगलबार ०३:५०
हजुरको प्रतिक्रिया