२०८३ साउन २१ गते बिहीबार

नेपाली उडान हङकङमा नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित

नेपाली उडान हङकङमा  नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार ०४:३४

नेपालबाट हङकङ गएका ७ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङ सरकारले नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ । हङकङमा बुधवार थप १८ जनामा ​कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले...

नेपालबाट हङकङ गएका ७ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङ सरकारले नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ ।

हङकङमा बुधवार थप १८ जनामा ​कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। संक्रमितमध्ये १५ जना आयातित र ३ जना स्थानीय रहेका छन् । आयातितमध्ये ७ जना नेपालको आरए फ्लाइट नं. ४०९ बाट हङकङ जानेहरू रहेका छन् ।

यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि यसअघि पनि दुई पटक नेपालको उडानमाथि हङकङ सरकारले प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक ४ नोभेम्बरपछि खुला भएको उडानपछि पुनः तेश्रो पटक प्रतिबन्ध लगाइएको हो ।

नेपालबाट हुने सबै उडान दुई हप्ताको लागि नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित हुने भएको छ ।

हङकङमा कोरोना संक्रमितको संख्या ५,५४०८ पुगेको छ। ५,१५९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ९३ जनाको उपचार भइरहेको छ । ६ जना कोरोनाका विरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया