२०८३ साउन २१ गते बिहीबार

एनआरएनए बेल्जियममा अब सापकोटाको नेतृत्व

एनआरएनए बेल्जियममा अब सापकोटाको नेतृत्व

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३ गते बुधबार ०६:२७

यसपटक समितिको विभिन्न पदमा १६ जना महिला निर्विरोध निर्वाचित भएका छन् ।

बेल्जियम

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा सीता सापकोटा चयन भएकी छन् ।

बेल्जियमको लुभेनमा भएको नवौं राष्ट्रिय अधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बेल्जियमका विभिन्न ६ क्षेत्रमा एकैपटक मतदान गरिएको थियो । जसमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी तीर्थराज धमलाले ९ सय ४८ मत प्राप्त गरेका थिए ।

परिषद्को नयाँ कार्यसमितिमा अध्यक्षबाहेक अन्य पदाधिकारीको चयन निर्विरोध भएको थियो ।

यसपटक समितिको विभिन्न पदमा १६ जना महिला निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समिकिा अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिवासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, सञ्जयदेव श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।

महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ र ब्रुज संयोजक देवी कुमारी शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै परिषद्को सदस्यहरुमा अशोका केसी, सीता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दीपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

साथै, आईसीसी सदस्यत्रयमा भीम सुवेदी मदन दवाडी र हरि भट्टराई निर्विरोध चयन भए ।

नवनिर्वाचित समितिलाई बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष खडकबहादुर केसी र निर्वाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।

समितिको प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको थिए ।

अधिवेशनको सहजीकरण व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले गरेका थिए ।

प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०६:२७
हजुरको प्रतिक्रिया