२०८३ साउन २१ गते बिहीबार

पोखरा बसपार्कमा २ दिन बढी सवारी होल्ड गर्न नपाइने

पोखरा बसपार्कमा २ दिन बढी सवारी होल्ड गर्न नपाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार ०२:००

‘लामो दुरीमा चल्ने सवारी उही दिन फर्कदैनन् । बसपार्कमा रहँदा साँघुरो भयो । सवारी नअट्ने भएकाले तिनीहरुलाई वैकल्पिक व्यवस्था गरेको हो’, तिम्लिसिनाले भने ।

पोखरा

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा २ दिन भन्दा बढी सवारीसाधन होल्ड गर्न नपाइने भएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति र पोखरा महानगरपालिकाको समन्वयात्मक बैठकले बसपार्कमा २ दिन बढी सवारीसाधन होल्ड गर्न नदिने निर्णय गरेको हो ।

२ दिन बढी होल्ड हुनुपर्ने सवारी पार्किङका लागि पोखरा महानगरपालिकाको प्रशासनिक भवन निर्माणस्थल ड्यामसाइड विकल्प दिएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत तिमिल्सिनाले बताए ।

स्थानतरण गर्ने अटेरी गर्ने सवारी महानगर आफैंले स्थानतरण गरिदिनेछ । तर, स्थानतरण बापतको खर्च सम्बन्धित यातायात व्यवसायीबाट असुल हुनेछ ।

‘लामो दुरीमा चल्ने सवारी उही दिन फर्कदैनन् । बसपार्कमा रहँदा साँघुरो भयो । सवारी नअट्ने भएकाले तिनीहरुलाई वैकल्पिक व्यवस्था गरेको हो’, तिम्लिसिनाले भने ।

सुरुमा ड्यामसाइडको प्रशासनिक भवन निर्माणस्थल विकल्प दिएको उनको भनाइ छ । त्यहाँ पनि सवारी नअट्ने अवस्थामा पोखरा प्रदर्शनी केन्द्रलाई विकल्पको रुपमा प्रयोग गरिनेछ ।

आइतबारदेखि लामो तथा छोटो दुरीको यातायातलाई पृथ्वीचोकदेखि चाइना पुलसम्म सडकको दायावाया पार्किङ गर्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयलाई महानगरले कार्यन्वयन गरेको हो ।

बसपार्कबाटै सवारीले यात्रु चढाउने र ओरल्ने नियम लागु गरिएको छ । बसपार्कको सुधार नगरीकन पूर्वाग्रही ढंगले निर्णय गरेको भन्दै यातायात व्यवसायीले असन्तृष्टि पोख्न थालेका छन् ।

पोखराबाट देशभर छुट्ने सवारीले सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा पृथ्वीचोक अस्तव्यस्त बनेको थियो । पृथ्वीचोकमा रहेको बसपार्क पनि उस्तै अस्तव्यस्त छ।

२०३२ सालदेखि बसपार्कको सपना देखाइए पनि अहिलेसम्म काम हुन सकेको छैन । पानी पर्दा हिलो र घाम लागेपछि धुलोले बसपार्क ढाकिन्छ ।

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०२:००

हजुरको प्रतिक्रिया