२०८३ कात्तिक ११ गते मंगलबार

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार ०७:०८

कास्की जिल्ला प्रथम हुन सफल लक्ष्मी मावी अर्घौंकि मेनुका शर्मालाई सम्मान गरेको छ ।

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २६ ले एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडाले सम्मान गरेको हो ।

सामुदायीक विद्यालयतर्फ कास्की जिल्ला प्रथम हुन सफल लक्ष्मी मावी अर्घौंकि मेनुका शर्मालाई सम्मान गरेको छ । उनले ३.८५ जिपिए प्राप्त गरेकी थिइन् ।

वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०७:०८
हजुरको प्रतिक्रिया