२०८३ साउन २१ गते बिहीबार

पाेखरा महानगरद्वारा कृषकलाई ४४ लाख बराबरकाे अनुदान प्रदान

पाेखरा महानगरद्वारा कृषकलाई ४४ लाख बराबरकाे अनुदान प्रदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार ०७:४३

पाेखरा । पोखरा महानगरपालिकाले कृषकलाई ४४ लाख  बराबरकाे अनुदान प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गरेका हुन् । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम...

पाेखरा । पोखरा महानगरपालिकाले कृषकलाई ४४ लाख  बराबरकाे अनुदान प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गरेका हुन् । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत नगरका १९१ जना कृषकलाई अनुदान प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

अनुदान वितरण समाराेहमा बाेल्दै महानगर प्रमुख धनराज आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने बताए । “महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ, प्रमुख आचार्यले भने, महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।” आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको आचार्यले जनाए ।

पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेकोमा खुसी व्यक्त गरे । उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै उनले यसका लागि सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजिकरणका लागि वडा कार्यालय सदैव तयार रहेको उल्लेख गरे  ।

सोमबार वडा नं.१९ का २४ जना कृषकहरूलाई रु.६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकहरूलाई रु.७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई रु.१० लाख, वडा नं.२४ का ३७ जनालाई रु.८ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई रु.४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जनाए ।
वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् ।यसैबिच पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र समेत सञ्चालन गरिएको छ ।

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०७:४३
हजुरको प्रतिक्रिया