२०८३ साउन २१ गते बिहीबार

सिंचाइ डिभिजन कार्यालय कास्कीको नयाँ भवनको उद्घाटन

सिंचाइ डिभिजन कार्यालय कास्कीको नयाँ भवनको उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १० गते बुधबार ०६:४१

निर्धारित समयमै बनाएर हस्तान्तरण गरेको भवनको भुक्तानी पूर्वाधार विकास कार्यालय कास्कीले असारमा दिएपछि बुधबार उद्घाटन गरिएको छ ।

सिंचाईको अभावमा बाँझा रहेका टारलाई प्राथमिकतामा राखिएको छ: मन्त्री तिवारी

पोखरा

अधिकांश योजना ठेकेदारको लापरवाहीले निर्धारित समयमै नसकिदा वर्षौसम्म अलपत्र परेका छन् ।

तर, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय कास्कीको भवन भने निर्धारित समयमै सकिएर उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका–१३ माझापाटनमा भवन निर्माणका लागि २०७८ असार २१ गते सम्झौता भएको थियो । २०७९ चैतसम्म भवन निर्माण सक्नुपर्नेमा तोकिएकै समयमा भवन निर्माण गरेर जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय कास्कीलाई हस्तानतरण गरिएको थियो ।

५ करोड ९९ लाख ७६ हजार ९ सय ७८ रूपैयाँ लागत अनुमान गरिएको भवन निर्माणको ठेक्का सूर्य कन्ट्रक्सन कम्पनीले ३ करोड ५० लाख १५ हजार ६ सय ४३ रूपैयाँमा पाएको थियो । निर्धारित समयमै बनाएर हस्तान्तरण गरेको भवनको भुक्तानी पूर्वाधार विकास कार्यालय कास्कीले असारमा दिएपछि बुधबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले हिन्दु परम्परा अनुसार पूजापाठ गर्दै भवनको उद्घाटन गरेकी हुन् । मन्त्री अर्यालले सिंचाईको अभावमा बाँझा रहेका टारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइन् । लिफ्टिङ खानेपानी र सिंचाई आयोजनाको शुल्क प्रदेश सरकारले तिर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८० साउन १० गते बुधबार ०६:४१
हजुरको प्रतिक्रिया