२०८३ साउन २१ गते बिहीबार

क्यानोनिङ गर्ने क्रममा लडेर युवतीकाे मृत्यु

क्यानोनिङ गर्ने क्रममा लडेर युवतीकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ११ गते बिहीबार १०:०९

उपचारको लागि मनिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पाेखरा 

कास्कीको माछापुच्छे गाउँपालिका वडा नम्बर ९ को घलेल स्थित क्यानोनिङ गर्ने(झरनाबाट झर्ने खेल) क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

बुधबार दिउँसो ४ बजेतिर क्यानोनिङ गर्दा अचानक लडेर घाइते भएकी भण्डारीलाई उपचारको लागि मनिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८० साउन ११ गते बिहीबार १०:०९
हजुरको प्रतिक्रिया