२०८३ साउन २१ गते बिहीबार

५ जना पालिका प्रहरी राख्दै मादी गाउँपालिका

५ जना पालिका प्रहरी राख्दै मादी गाउँपालिका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १४ गते आइतबार ०६:३७

पालिका प्रहरी निरीक्षक पाँचौ तह १ जना, सहायक प्रहरी निरीक्षक चौंथो तह १ जना र ३ जना प्रहरी जवान भर्ना गर्नका लागि पदपूर्ति सम्बन्धी सूचना आइतबार गाउँपालिकाले जारी गरेको हो । सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

पोखरा

कास्कीको मादी गाउँपालिकाले पालिका प्रहरी भर्ना गर्न सूचना जारी गरेको छ । पालिकाको १३ औं अधिवेशनबाट कार्यविधि स्वीकृत भएपछि पालिका प्रहरी भर्ना प्रक्रिया सुरु गरेको हो । ५ जना पालिका प्रहरी राख्न आज सूचना जारी गरिएको छ ।

पालिका प्रहरी निरीक्षक पाँचौ तह १ जना, सहायक प्रहरी निरीक्षक चौंथो तह १ जना र ३ जना प्रहरी जवान भर्ना गर्नका लागि पदपूर्ति सम्बन्धी सूचना आइतबार गाउँपालिकाले जारी गरेको हो । सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

पालिका प्रहरीमा दरखास्त दिन २० वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्ने प्रवाधान राखिएको छ भने नेपाल सरकारको सुरक्षा निकायबाट सेवा निवृत्त भइसकेको हकमा भने ती पदमा ४१, ४० र ३७ वर्षसम्मकाले आवेदन दिन पाउनेछन् । पालिकाको शान्ति, सुरक्षाका लागि आफ्नै प्रहरी आवश्यक रहेकोले भर्ना गर्न लागिएको पालिकाका अध्यक्ष देवीजंग गुरुङले बताए । गाउँपालिकाको भूगोल ठूलो भएको र सबै ठाउँमा पालिकाको दृष्टि पुग्न नसकेको गुनासो जनताले गरेपछि प्रहरी भर्ना प्रक्रिया थालिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीको भनाइ छ ।

संविधान अनुसार समावेशी सिद्धान्तका आधारमा प्रहरी नियुक्त गरिने अधिकारीले बताए । उनका अनुसार पालिकाले सञ्चालन गर्न लागेको कृषि एम्बुलेन्स पनि पालिका प्रहरी मार्फत् नै चलाउन लागिएको छ । संविधानले पालिका भित्रको शान्ति सुरक्षाको जिम्मा पालिकालाई नै दिएको छ । महानगर, उपमहानगर र नगरपालिकाहरुमा नगर प्रहरी परिचालन भएपनि गाउँपालिकामा पालिका प्रहरी राख्ने अभ्यास बल्ल थालिएको हो ।

प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०६:३७
हजुरको प्रतिक्रिया