२०८३ साउन २१ गते बिहीबार

आइएसएमटीमा मानसिक चिन्ता व्यवस्थापन प्रशिक्षण

आइएसएमटीमा मानसिक चिन्ता व्यवस्थापन प्रशिक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १९ गते शुक्रबार ०७:२०

विद्यार्थीलाई हालको उमेरमा आउने समस्या र त्यसले दिने मानसिक तनावका बारेमा परामर्श दिइएको छ ।

पोखरा

आइएसएमटी कलेज पोखराले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि एक दिने प्रशिक्षण दिएको छ । अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटीले प्रशिक्षण दिएको हो ।

विद्यार्थीलाई हालको उमेरमा आउने समस्या र त्यसले दिने मानसिक तनावका बारेमा परामर्श दिइएको छ ।

विद्यार्थीमा देखिने समस्या र समाधानका विषयमा परामर्श दिएको कलेजका अप्रेसन म्यानेजर शिव पौडेलले बताए ।

विद्यार्थीले राखेका समस्याको समाधानका विषयमा मनोवैज्ञानिक परामर्शकर्ता पूर्णशोभा महर्जनले सहजीकरण गरेकी थिइन् ।

मानसिक चिन्ताको समाधानका उपायका विभिन्न तरिका र साधनाका विषयमा चर्चा समेत गरियो ।

प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार ०७:२०

हजुरको प्रतिक्रिया