२०८३ कात्तिक ११ गते मंगलबार

फेवातालमा तैरिरहेको अवस्थामा शव फेला

फेवातालमा तैरिरहेको अवस्थामा शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १९ गते शुक्रबार ०७:४४

कपडासहित तैरिरहेको शवबाट मोबाइल, केही पैसा र कागजातसमेत फेला परेको थियो ।

पोेखरा

फेवातालमा तैरिरहेको अवस्थामा एक जना युवाको शव फेला परेको छ ।

पोेखरा सेदीस्थित वाटरफ्रण्ट रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा शव फेला परेको हो ।

शवसँगै फेला परेको लाइसेन्सका अनुसार मृतक सिन्धुली कमलामाइ नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको प्रहरीले जनाएको छ ।

 प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको वडा प्रहरी कार्यालय बैेदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए ।

प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार ०७:४४
हजुरको प्रतिक्रिया