२०८३ कात्तिक ११ गते मंगलबार

जर्बजस्ती यौन कार्य गर्न लगाएकोमा पोखरामा खाजा घर सञ्चालक पक्राउ

जर्बजस्ती यौन कार्य गर्न लगाएकोमा पोखरामा खाजा घर सञ्चालक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १९ गते शुक्रबार ०८:११

शुभ अवसर ग्राम नामक संस्थाको समेत सहयोगमा वडा प्रहरी कार्यालय बैदामको टोलीले २ नाबालिका र १ महिललाई उद्धार गरेको डिएसपी वेद जोशीले जानकारी दिए ।

पोखरा

पोखरामा नाबालिका तथा महिलालाई कामदारको रुपमा राखी यौन शोषण गरेको आरोपमा प्रहरीले एक जना खाजा घर सञ्चालकलाई पक्राउ गरेको छ ।

पोखरा–८ सिर्जनाचोकस्थित रोशन खाना घर सञ्चालक गरी ३ जना नाबालिका र १ जना महिलालाई कामदारको रुपमा राखेर यौन कार्यमा लगाएको भन्दै ३७ की पार्वती काराखेती नाम गरेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

शुभ अवसर ग्राम नामक संस्थाको समेत सहयोगमा वडा प्रहरी कार्यालय बैदामको टोलीले २ नाबालिका र १ महिललाई उद्धार गरेको डिएसपी वेद जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा नाबालिका तथा किशोरीहरुलाई कामदारको रुपमा राखी इच्छाबिपरीत यौन कार्यमा लगाएको पाइएको जोशीले बताए ।

यसैगरी जिल्ला अदालत कास्कीबाट २ वर्ष जेल सजाय तोकीएका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको मुद्धामा फरार पोखरा–१९ घर भइ हाल पोखरा–७ मासबार बस्ने ६२ वर्षीय टेकबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेका कुमाललाई प्रहरीले जिल्ला अदालत कास्कीलाई बुझाएको छ ।

प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार ०८:११
हजुरको प्रतिक्रिया