२०८३ साउन २१ गते बिहीबार

‘कालीगण्डकी बचाऔं’ अभियानका अभियन्ता आरके अदिप्तविरुद्ध पक्राउ पूर्जी जारी

‘कालीगण्डकी बचाऔं’ अभियानका अभियन्ता आरके अदिप्तविरुद्ध पक्राउ पूर्जी जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २३ गते मंगलबार ०१:५३

पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।

पोखरा

‘कालीगण्डकी बचाऔं’ अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो ।

अहिले देशभर चलिरहेको पत्रकार शुद्धिकरणका विषयमा फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि तिखो प्रहार गरेर लेखेका थिए ।

पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए ।

पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार भएको र पहिलो मुद्धा नै पत्रकारमाथि परेको न्यौपानेले बताए ।

न्यौपानेले पत्रकारबीचको विषय मिलाउन खाजिरहेको प्रयास असफल भएको पनि बताए । किटानी जाहेरी नै परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको र बाँकी कानुनी प्रक्रियाअनुसार हुने न्यौपानेको भनाइ छ ।

पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले गिरीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

गिरीले भने गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताएका छन् ।

कालीगण्डकी बचाउनका निम्ति र पत्रकारिताका नाममा गलत प्रवृतिको पनि संरक्षण गरिएको भन्दै आफूले व्यंग्य गर्दा पक्राउ पुर्जी नै जारी गर्ने अवस्था सिर्जना गरिएको बताए ।

वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका गिरी केही वर्षदेखि कालीगण्डकी बचाउ अभियान, कुश्मा कला परियोजना चलाइरहेका छन् ।

प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार ०१:५३
हजुरको प्रतिक्रिया