२०८३ कात्तिक ११ गते मंगलबार

फेवातालमा युवकको शव भेटियाे, पहिचान खुलेन

फेवातालमा युवकको शव भेटियाे, पहिचान खुलेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार ०६:०४

शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए खवर गर्न कास्की प्रहरीले अनुराेध गरेकाे छ ।

पोखरा । पोखराको रातामाटा स्थित फेवातालमा एक पुरुषको शव फेला परेको छ ।

हातमा जिसस क्राइसको ट्याटु भएका युवाको शब शनिबार  डुबेको अवस्थामा फेला परेकोमा हालसम्म पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।

‘पोखरा १८ फेवाताल राटामाटामा अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका हौ ।’

उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार ०६:०४
हजुरको प्रतिक्रिया