२०८३ साउन २१ गते बिहीबार

पोखराका उपमेयर मञ्जुदेवी गुरुङमा काेराेना संक्रमण पुष्टि

पोखराका उपमेयर मञ्जुदेवी गुरुङमा काेराेना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ४ गते बिहीबार १०:५८

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ्मा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले उल्लेख गर्नुभएको छ । उपप्रमुख गुरुङ्ले...

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ्मा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

उपप्रमुख गुरुङ्ले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू संक्रमित बनेको र कोरोना जितेर छिट्टै जनताको सेवामा उपस्थित हुने विश्वास लिएको बताउँदै लेख्नुभएको छ  ‘सवै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोभिड १९  वाट म पनि अछुतो रहन सकिन त्यसैले यतिखेर म आफनै घरमा आईस्सुलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरस संग लडी रहेछु ।’

कोभिडको संक्रमण फैलिएपछिका दिनमा गुरुङ् सक्रियताका साथ निरन्तर कार्यालयमा उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०७७ मंसिर ४ गते बिहीबार १०:५८
हजुरको प्रतिक्रिया