२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य तोलामा ७०० ले घट्याे

सुनको मूल्य तोलामा ७०० ले घट्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ४ गते बिहीबार ०१:५७

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ ।

सुनको मूल्यमा विहिवार केही गिरावट

पोखरा– सुनको मूल्यमा विहिवार केही गिरावट आएको छ ।
स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ ।
बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो ।
यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ ।
बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।।

प्रकाशित मिति २०७७ मंसिर ४ गते बिहीबार ०१:५७
हजुरको प्रतिक्रिया