२०८३ साउन २१ गते बिहीबार

काठमाडौंबाट पाेखरा हुँदै बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु (अपडेट)

काठमाडौंबाट पाेखरा हुँदै बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु (अपडेट)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ६ गते बुधबार १२:२७

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

घटनाबारे विस्तृत विवरण आउँदै

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।

‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।

घटनाबारे विस्तृत विवरण आउँदै छ।

प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार १२:२७
हजुरको प्रतिक्रिया