२०८३ साउन २१ गते बिहीबार

माछापुच्छ्रेमा जिप दुर्घटना हुँदा ९ जना घाइते, २ जनाको उपचार हुँदै

माछापुच्छ्रेमा जिप दुर्घटना हुँदा ९ जना घाइते, २ जनाको उपचार हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १० गते आइतबार ०६:३७

घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेको उनले जानकारी दिए ।

पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ«े गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवारग ३ च ५८३८ नम्बरको उक्त बलेरो जिप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।

‘जिप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको थियो । सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको छ,’ वडाध्यक्ष क्षेत्रीले भने ।

घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८० भदौ १० गते आइतबार ०६:३७
हजुरको प्रतिक्रिया