२०८३ साउन २१ गते बिहीबार

पाेखरा महानगरपालिकाकाे अत्यावश्यक बाहेकका सेवा फेरि स्थगित

पाेखरा महानगरपालिकाकाे अत्यावश्यक बाहेकका सेवा फेरि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ५ गते शुक्रबार ०२:५८

पाेखरा । पाेखरा महानगरपालिकाकाे कार्यालयबाट प्रदान हुने सेवा फेरि स्थगित भएकाे छ । उप प्रमुख मञ्जुदेवि गुरुङसहित महानगरकाे विभिन्न महाशाखा र शाखामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरसकाे संक्रमण देखिएपछि पोखरा महानगरपालिकाले...

काेराेनाकाे हटस्पट बन्दै पाेखरा

पाेखरा । पाेखरा महानगरपालिकाकाे कार्यालयबाट प्रदान हुने सेवा फेरि स्थगित भएकाे छ । उप प्रमुख मञ्जुदेवि गुरुङसहित महानगरकाे विभिन्न महाशाखा र शाखामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरसकाे संक्रमण देखिएपछि पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेकाे जनाएकाे छ ।

आइतबारदेखि सिमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिकाकाे कार्यपालिका बोर्डले निर्णय गरेको हाे । याे अवधीमा सेवाग्राहीले अत्यावश्यक सिफारिसकाे सेवा भने प्राप्त गर्न सक्ने महानगर प्रमुखका प्रेस संयाेजक माधव बरालले जनाएका छन् ।

महानगरपालिका कार्यालयका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको बताए ।

महानगरपालिकाकाे याेजना, पूर्वाधार, प्रशासन, प्रमुख र उप प्रमुखकाे सचिवालय, पशु लगायतका महाशाखा एवम् शाखामा कार्यरत कर्मचारीहरूमा काेराेना पुष्टि भएपछि ती शाखा तथा महाशाखा यसअघि नै बन्द रहेका थिए ।

महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बोर्ड बैठक बसेको हो । महानगरपालिकाले यसअघि समेत केहि कर्मचारीहरूमा काेराेना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेकाे थियाे ।

 

प्रकाशित मिति २०७७ मंसिर ५ गते शुक्रबार ०२:५८
हजुरको प्रतिक्रिया