२०८३ साउन २१ गते बिहीबार

भारतको दिल्लीमा जि २० सम्मेलन शुरु

भारतको दिल्लीमा जि २० सम्मेलन शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०१:५८

सम्मेलनको पहिलो दिन शनिबार २० देशका नेताहरु एउटै मञ्चमा छन् ।

काठमाडौं

भारतको दिल्लीमा जि २० सम्मेलन शुरु भएको छ । जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख आएका छन् ।

जि २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिन शनिबार २० देशका नेताहरु एउटै मञ्चमा छन् ।

२० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जि २० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन् ।

अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, प्रmान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् । उनले जि २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०१:५८

हजुरको प्रतिक्रिया