२०८३ कात्तिक ११ गते मंगलबार

बलात्कार आरोपमा दुई जना पक्राउ

बलात्कार आरोपमा दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०४:५१

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं

कञ्चनपुर र झापाबाट बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरमा बलात्कार आरोपमा पक्राउ पर्नेमा कञ्चनपुर, बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी छन् ।

३५ वर्षीया महिलालाई चौधरीले भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापा, कनकाई नगरपालिका–३ सुरुंगा बस्ने २३ वर्षीय महमद कमाललाई प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीया महिलालाई विवाह गर्ने आश्वासन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०४:५१
हजुरको प्रतिक्रिया