२०८३ कात्तिक ११ गते मंगलबार

माछापुछ्रे गाउँपालिकाले भन्याे: आन्दोलन गर्ने नाममा विद्यालय बन्द गर्नु कानुनविपरीत, अशोभनीय

माछापुछ्रे गाउँपालिकाले भन्याे: आन्दोलन गर्ने नाममा विद्यालय बन्द गर्नु कानुनविपरीत, अशोभनीय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३ गते बुधबार ०५:५८

‘...यस माछापुच्छ्रे गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय पठनपाठनमा बाधा नपुग्ने गरी रचनात्मक र सांकेतिक रुपमा माग राखी विद्यालय सञ्चालनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ अध्यक्ष मीनबहादुर गुरुङ हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ।

पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गर्ने काम कानुनविपरीत र अशोभनीय भएकोे बताएको छ ।

गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गरी पठनपाठन बन्द नगरी रचनात्मक र सांकेतिक विरोध गर्नसमेत आग्रह गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाले नियमित पठनपाठनमा अवरोध पु¥याउने कार्य प्रचलित कानुनविपरीत भएकोे समेत विज्ञप्तिमार्फत बताएको छ ।

शिक्षक महासंघको नेतृत्वमा घोषणा गरिएको अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रमले बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई वञ्चित पार्ने गरी कुनै गतिविधि नगर्नसमेत गाउँपालिको आग्रह गरेको छ ।

‘…यस माछापुच्छ्रे गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय पठनपाठनमा बाधा नपुग्ने गरी रचनात्मक र सांकेतिक रुपमा माग राखी विद्यालय सञ्चालनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ अध्यक्ष मीनबहादुर गुरुङ हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् ।

संसदमा प्रस्तावित विधेयकको विरोध जनाउँदै देशैभरिका शिक्षक विद्यालय बन्द घोषणा गरी आन्दोलनका लागि काठमाडौं गएका छन् ।

प्रकाशित मिति २०८० असोज ३ गते बुधबार ०५:५८
हजुरको प्रतिक्रिया