२०८३ साउन २१ गते बिहीबार

नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको निर्देशन

नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ४ गते बिहीबार ०६:२३

विद्यालय शान्ति क्षेत्र भएकाले आन्दोलनका कार्यक्रम अगाडि बढाउँदा विद्यार्थीहरुको निर्वाध पढ्न पाउने नैसर्गिक अधिकारसमेत हनन् भएको महानगरको ठहर छ ।

पोखरा

पोखरा महानगरपालिकाले नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरले बिहीबार एक सूचना जारी गरी आन्दोलनका नाममा पठनपाठनमा अवरोध नपु¥याउन आग्रह गरेको हो ।

महानगरले महानगर शिक्षक हकहितका लागि संवेदनशील रहेकोले विद्यार्थीको नियमित पठनपाठन तथा सिकाइलाई अवरोध नपु¥याउन आग्रह गरेको छ ।

विद्यालय शान्ति क्षेत्र भएकाले आन्दोलनका कार्यक्रम अगाडि बढाउँदा विद्यार्थीहरुको निर्वाध पढ्न पाउने नैसर्गिक अधिकारसमेत हनन् भएको महानगरको ठहर छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका  हुन् ।

उनीहरुका आन्दाेलनका कारण बिहीबारकाे नियमित पढाइ प्रभावित बन्न पुगेकाे छ ।

संसदमा प्रस्तावित विधेयकको विरोध जनाउँदै देशैभरिका शिक्षक विद्यालय बन्द घोषणा गरी आन्दोलनका लागि काठमाडौं केन्द्रित भएका छन् ।

बुधबार कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाले पनि एक सूचना जारी गरी आन्दाेलनका नाममा नियमित पठनपाठन नराेक्न आग्रह गरेकाे थियाे ।

प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०६:२३
हजुरको प्रतिक्रिया