२०८३ असोज २४ गते शनिबार

कीर्तिपुरको युद्धमा वीरंगनाको कथा

कीर्तिपुरको युद्धमा वीरंगनाको कथा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०१:३६

पोखरा पोखरा विद्यालयस्तरीय नाटक महोत्सवमा आज ‘कीर्तिपुरको युद्धमा’ नाटक मञ्चान हुने हुँदैछ । गुरुकुल विद्या सदन, नयाँबजारका विद्यार्थीहरुले उक्त नाटक देखाउन मञ्चन गर्न लागेका हुन् । कथाकार हृदयचन्द्रसिंह प्रधानले लेखेको...

पोखरा

पोखरा विद्यालयस्तरीय नाटक महोत्सवमा आज ‘कीर्तिपुरको युद्धमा’ नाटक मञ्चान हुने हुँदैछ ।

गुरुकुल विद्या सदन, नयाँबजारका विद्यार्थीहरुले उक्त नाटक देखाउन मञ्चन गर्न लागेका हुन् ।

कथाकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उक्त कथालाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् ।

विसं. १८२४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा हमला गरी विजय प्राप्त गरेको ऐतिहासिक घटना वरिपरि नाटकको पृष्ठभूमि छ ।

नाटक एक वीरंगनाको पात्रमा आधारित छ ।

निर्देशक मिलन श्रेष्ठले चुनौतीका बीचमा पनि सम्भावनाहरु खोज्न नाटक निर्देशन गरेको बताएका छन् ।

‘आफ्नो राज्य बचाउन एक महिलाले कतिसम्म गर्न सक्छिन् भन्ने यस नाटकमा समावेश छ,’ उनले भने ।

भदौ २७ गतेदेखि सुरु भएको नाटक महोत्सव असोज १२ गतेसम्म चल्नेछ ।

उक्त अवधिमा काठमाडौंबाट एक आमन्त्रित नाटकसहित १५ वटा नाटक मञ्चन हुने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०१:३६
हजुरको प्रतिक्रिया