२०८३ कात्तिक १० गते सोमबार

आगामी तीन दिनको मौसम : देशका अधिकांस भूभागमा आंशिक देखि सामान्य बदली रहने

आगामी तीन दिनको मौसम : देशका अधिकांस भूभागमा आंशिक देखि सामान्य बदली रहने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १२ गते शुक्रबार ०८:२७

पाेखरा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम देशका अधिकांस भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएकाे छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश...

गण्डकी प्रदेशमा हल्का बर्षाकाे सम्भावना

पाेखरा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम देशका अधिकांस भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएकाे छ ।

देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको हाे  । महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ रहेको जनाएको छ ।

साथै, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०८:२७
हजुरको प्रतिक्रिया