२०८३ साउन २१ गते बिहीबार

२९ पत्ता नाइट्राभेटसहित तनहुँबाट सुखलाल पक्राउ

२९ पत्ता नाइट्राभेटसहित तनहुँबाट सुखलाल पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०४:५४

विरगञ्जबाट पोखरा आउदै गरेको ग १ ख ००८९ नम्बरको बस चेकजाँच गर्दा मुखियाले लुकाएर ल्याएको नाइट्राभेट फेला परेको डिएसपी खाँणले जानकारी दिए ।

पोखरा

प्रतिबन्धित लागु औषधसहित तनहुँ प्रहरीले १ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाइ गाउँपालिका–२ जयमंगलपुर बसन्े २८ वर्षीय सुखलाल मुखिया रहेका छन् ।

शुक्रबार विहान तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिपमा सवारी चेकजाँचको क्रममा उनी प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले बताए ।

विरगञ्जबाट पोखरा आउदै गरेको ग १ ख ००८९ नम्बरको बस चेकजाँच गर्दा मुखियाले लुकाएर ल्याएको नाइट्राभेट फेला परेको डिएसपी खाँणले जानकारी दिए । उनका अनुसार २९ पत्ता (४३५ ट्याब्लेट) परामाद गरिएको हो ।

शुक्रबार नै जिल्ला अदालत तनहुँ उपस्थित गराएर ७ दिन म्याद थप भएको छ । थप अनुसन्धान सुरु भएको डिएसपी खाँणले बताए ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०४:५४
हजुरको प्रतिक्रिया