२०८३ कात्तिक १० गते सोमबार

आतंककारी हमलामा परि भारतीय सेनामा कार्यरत एक नेपालीकाे मृत्यु

आतंककारी हमलामा परि भारतीय सेनामा कार्यरत एक नेपालीकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १२ गते शुक्रबार ०८:४८

भारतको जम्मु कश्मीरमा भएकाे आतंककारी हमलामा परेर भारतीय सेनामा कार्यरत एक नेपालीकाे ज्यान गएकाे छ । भारतीय सेनामा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंककारी हमलामा...

भारतको जम्मु कश्मीरमा भएकाे आतंककारी हमलामा परेर भारतीय सेनामा कार्यरत एक नेपालीकाे ज्यान गएकाे छ ।

भारतीय सेनामा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंककारी हमलामा परेर मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

 

शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको मृतकका दाजु तुलसी केसीले बताए । दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरी प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।

 

लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका तुलसीले बताए । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् ।

प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेको तुलसीले बताएका छन् ।

प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०८:४८
हजुरको प्रतिक्रिया