२०८३ साउन २१ गते बिहीबार

पायक पर्ने ठाउँमा पोस्टिङ माग राख्दै बसेकी शोभाले ३ दिनपछि तोडिन् अनसन

पायक पर्ने ठाउँमा पोस्टिङ माग राख्दै बसेकी शोभाले ३ दिनपछि तोडिन् अनसन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १६ गते मंगलबार ०६:५३

मादी, तारकाङमा अस्थायी हाजिर गर्ने र ३ महिनाभित्रै पोखराको कुनैे स्कुलमा ल्याउने सहमति

पोखरा

पायक पर्ने ठाउँमा हाजिरी गर्न माग राख्दै आमरण अनसन सुरु गरेकी शोभा पौडेलले ३ दिनपछि अनसन तोडेकी छन् ।

३ महिनाभित्र पोखराभित्रै पायक पर्ने विद्यालयमा सरुवा गर्ने गरी सहमति भएको नेत्रहीन संघ, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

सहमतिअनुसार पौडेलले बुधबार सुरुमा पोस्टिङ गरिएको लमजुङ दोर्दी गाउँपालिकाको स्कुलमा हाजिरी गनेछिन् ।

त्यहाँबाट कागजात मिलाएर कास्कीको मादी, तारकाङस्थित ध्रुव माविमा अस्थायी रुपमा हाजिरी गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांगता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

‘पहिले त नियमानुसार पोस्टिङ भएको स्कुलमा गएर कागजात मिलाएर आउनुप¥यो । त्यहाँबाट कागजात ल्याइसकेपछि अस्थायी रुपमा तारकाङको ध्रुव माविमा हाजिर गराउने सहमति भयो,’ शर्माले भने ।

मादीमा हाजिर गरेको ३ महिनाभित्र ै पौडेलकोे माग बमोजिम पोखराका कुनै पनि पायक पर्ने स्कुलमा हाजिरी गराइने सहमति भएको उनले जानकारी दिए । ‘तत्काललाई कास्कीका अन्य कुनै पनि स्कुलमा सरुवा गर्न सम्भव नभएकाले ३ महिना समय दिइएको हो,’ उनले भने, ‘दोर्दीभन्दा मादी नजिक पनि भयो, सजिलो पनि हुन्छ ।’

जन्मजात दृष्टिविहीन रहेकी पौडेलले २०७९ सालको शिक्षा आयोग परीक्षा परीक्षा पास गरेकी थिइन् ।

तर, आफूलाई अपायक पर्नगरी दुर्गम ठाउँमा पोस्टिङ गरिएको र पायक पर्ने ठाउँमा सरुवा गर्न माग पनि सुनुवाइ नभएको भन्दै १४ गतेदेखि अनसन सुरु गरेकी थिइन् ।

 

प्रकाशित मिति २०८० असोज १६ गते मंगलबार ०६:५३
हजुरको प्रतिक्रिया