२०८३ असोज २४ गते शनिबार

एनआरएनए उपाध्यक्षमा स्याङ्जाका शशी पौड्यालको दाबी, भरोसायोग्य संस्थाको परिकल्पना

एनआरएनए उपाध्यक्षमा स्याङ्जाका शशी पौड्यालको दाबी, भरोसायोग्य संस्थाको परिकल्पना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २६ गते शुक्रबार ०३:०३

घरदेश र परदेशलाई समाजसेवा, विकास र संस्कृतिले जोड्नकै लागि पनि आफूले उम्मेदवारी दिएको पौड्यालको भनाइ

पोखरा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा शशीकान्त पौड्यालले उम्मेदवारी घोषणा गरेका छन् । नेदरल्याण्डको संस्थापक अध्यक्ष हुँदै एनआरएनएको विभिन्न भूमिका निर्वाह गर्दै आएका स्याङ्जा आँधिखोलाका पौड्यालले घोषणापत्र नै जारी गर्दै केन्द्रीय उपाध्यक्षतामा उम्मेदवारी दिन लागेका हुन् ।

नेपाल समाज नेदरल्याण्ड्स, नेपाल विकास प्रतिष्ठान, गैर आवासिय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिका खेलेका पौड्यालले ‘एकता, पारदर्शिता, परिपक्कतामा समर्पण, सुशासित र दीगो संस्थागत रुपान्तरण’ नारा दिँदै उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

नीति तथा ब्यवस्थापन विज्ञ पौड्यालले एनआरएनको केन्द्रीय सल्लाहकार तथा विभिन्न कार्यदलमा रहेर काम गरिसकेका छन् । संघले दुई दशक पार गरिसक्दा पनि गैरआवसिय नेपालीका सामु समस्या र चुनौतिका पहाड रहिरहेको भन्दै त्यसको निवारणका निम्ति दरिलो संस्था बनाउने प्रतिवद्धतासहित उम्मेदवारी दिने पौड्यालले बताए ।

‘बिगतका समयमा संस्थामा देखा परेका विकृति र बिसंगतीले संस्थालाई धराशायी पा¥यो । संस्थामा व्यक्तिगत तथा वैचारिक महत्वकांक्षा हावी हुँदै गयो,’ उपाध्यक्षका उम्मेदवार पौड्यालले भने, ‘वंशजको नागरिकता, दोस्रो पुस्ता र महिलाहरुको संलग्नता र आर्थिक तथा प्रशासनिक, पारदर्शिता आजको मुख्य एजेण्डा बन्न पुगेको हो । गैर आवसिय नेपाली र नेपालबीच माटोको सम्बन्ध तथा अधिकारको लडाइँ पनि छँदै छ ।’

पैड्यालले २००६ देखि २०१८ साल म्म नेपाल सरकार (नेपाल पर्यटन बोर्ड) नेदरल्याण्डसको लागि अवैतानिक पर्यटन दुतको रुपमा काम गरेका थिए । नेपालको शिक्षा, स्वास्थ र आपतकालिन राहतको क्षेत्रमा नेदरल्याण्ड्स सरकार तथा संघसंस्थाहरुसँग सहकार्य गर्दै परोपकारी कार्य गर्दै आएका पौडेलले एनआरएनएको अस्तित्वमाथि प्रश्न उठ्न थालेपछि मूलधारबाटै संस्थालाई नेतृत्व गर्न चुनावी मैदानमा होमिएको पौडेलले बताए ।

काठमाडौंमा १७ अक्टोबरदेखि ३ दिनसम्म हुने एनआरएनएको ११ औं महाधिवेशनमा (२०२३–०२५) का लागि पौड्यालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पोखरामा २ सयभन्दा बढी विपन्न बालबालिकालाई शिक्षाको प्रवन्ध गरिरहेका पौड्यालले स्याङ्जालगायत देशका विभिन्न ठाउँमा दर्जनौं विद्यालयमा आर्थिक सहयोग गरेका छन् ।

घरदेश र परदेशलाई समाजसेवा, विकास र संस्कृतिले जोड्नकै लागि पनि आफूले उम्मेदवारी दिएको पौड्यालको भनाइ छ । नेपाल सरकारको सहकार्यमा नेपालमा विभिन्न परियोजनाहरु भित्राउन टिम निर्माण गरेर काम गर्ने पौड्यालको भनाइ छ ।

प्रकाशित मिति २०८० असोज २६ गते शुक्रबार ०३:०३
हजुरको प्रतिक्रिया