२०८३ साउन २१ गते बिहीबार

सप्ताहब्यापी रक्तदान कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन

सप्ताहब्यापी रक्तदान कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २४ गते बुधबार ०५:४६

मुलुकमा विधमान काेराेना स‌ंकट तथा निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसुती,मृगौला,क्यान्सर तथा नियमित डायलासिसका बिरामीहरु रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । रगतको सहज आपूर्ति नभएका खवरहरु...

मुलुकमा विधमान काेराेना स‌ंकट तथा निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसुती,मृगौला,क्यान्सर तथा नियमित डायलासिसका बिरामीहरु रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

रगतको सहज आपूर्ति नभएका खवरहरु सार्वजनिक भएपछि विभिन्न निकायहरुले रक्तदान कार्यक्रमको आव्हान गरि रगत आपूर्तीलाइ सहज बनाएका छन । यसैविच, राष्ट्रिय युवा सङ्घ कास्कीले भदौ १७ गतेदेखी आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन भएकाे छ । जनयुद्धका शहीदद्धय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१ औँ स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा सङ्घ कास्कीले सप्ताहब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे ।

सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रम समेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले विरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताउँछन् ।

युवा नेता विनय थापा प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्रम गरिएको बताउँदै युवाहरु जहिलेपनि रचनात्मक र सामाजिक कार्यमा क्रियाशिल हुँदै आएको बताए ।
कोरोना कहरकाबीचमा शहीदको स्मृति दिवस पारेर आयोजना गरिएको कार्यक्रमले शहीदप्रति समेत सम्मान भएको राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य पूर्ण लामाको भनाई छ ।

पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त सङ्कलन एम्बुलेन्स बस मार्फत रक्तदान कार्यक्रम हुदै आएको छ ।

प्रकाशित मिति २०७७ भदौ २४ गते बुधबार ०५:४६
हजुरको प्रतिक्रिया