२०८३ साउन २१ गते बिहीबार

सवारी दुर्घटनामा ३१ वर्षे युवाको मृत्यु

सवारी दुर्घटनामा ३१ वर्षे युवाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ३ गते शुक्रबार ०७:३८

टाउकोमा गम्भीर चोट लागेर घाइते भएका देवकोटाको उपचारको क्रममा राति १०ः२० मा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

नवलपुर

सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका २ का ३१ वर्षीय तीर्थराज देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जगंलमा स्कुटर अनियन्त्रित हुँदा बिहीबार राति १० बजे देवकोटा दुर्घटना परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका देवकोटालाई प्रहरीले उद्धार गरेर मध्यबिन्दु जिल्ला अस्पताल लगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भएका देवकोटाको उपचारको क्रममा राति १०ः२० मा निधन भएको अस्पतालले जानकारी दिएको छ । यो आर्थिक वर्षको तीन महिनामा नवलपुरमा सवारी दुर्घटनामा परेर ३ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यलय नवलपुरले जनाएको छ ।

 

प्रकाशित मिति २०८० कात्तिक ३ गते शुक्रबार ०७:३८
हजुरको प्रतिक्रिया