२०८३ साउन २१ गते बिहीबार

लागु औषधसहित २ युवक पक्राउ

लागु औषधसहित २ युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ३ गते शुक्रबार ०४:३२

२०७ एम्पुल लागु औषध बरामद गरेको डिएसपी खाँणले बताए ।

पोखरा
तनहुँमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । शुक्रबार विहान ४ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिपबाट तनहुँकै २ युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–२ अमरापुरी बस्ने २२ बर्षीय पवनकुमार महतो र ऋषिङ गाउँपालिका–३ का ३० बर्षीय मिनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार रौतहटको गौरबाट पोखरा आउदै गरेको ग २ ख ६९२ नम्बरको बस पृथ्वीराजमार्गको चेकजाँचको क्रममा उनीहरुको साथबाट लागुऔषध फेला परेको हो ।

डाइजोपाम ६९ एम्पुल, फेनरागन ६९ एम्पुल, टाइनाजेसिक ५७ एम्पुल र नुर्फिन १२ एम्पुल गरेर २०७ एम्पुल लागु औषध बरामद गरेको डिएसपी खाँणले बताए । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० कात्तिक ३ गते शुक्रबार ०४:३२
हजुरको प्रतिक्रिया