पोखरा
पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ ।
दसैंको छेकोमा धेरै मासु खपत हुने र त्यसले नागरिकको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समूह बनाएर अनुुगमन गरिएको महानगगरले जनाएको छ ।
पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा ५ वटा समूह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ ।
२ मासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।
पोखराका वडा नम्वर १, २, ४, ५, ६, ७, १०, ११, १२, १३, २४, १५, ३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुुगमन गरेको हो ।
अनुुगमनका क्रममा पसल दर्ता÷नवीकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
अनुुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५, ५ हजार जरीवाना गरिएको छ ।
मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासी बोसो २ केजी, एउटा बोकाको टाउको र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुस दुई बटटा गरी १५ हजार मूल्य बराबरको मासुु र जुस नष्ट गरिएको महानगर बजार अनुुगमन समितिले जनाएको छ ।
अनुुगमनका क्रममा पसल फोहोर र अब्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोेटाले बताए ।
अनुुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।
पोखरा महानगरले गत वर्षभन्दा बजारमा सुधार देखिएको भएपनि जति हुनुुपर्ने हो त्यति नभएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताइन् ।
प्रकाशित मिति २०८० कात्तिक ३ गते शुक्रबार ०४:४२




