२०८३ साउन २१ गते बिहीबार

एनआरएनको नेतृत्वमा आरके

एनआरएनको नेतृत्वमा आरके

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ५ गते आइतबार ०७:४९

नयाँ नेतृत्वका लागि विहीबार भएको भौतिक उपस्थितिसहित अष्ट्रेलियास्थित भेरोद्वारा ‘फेस भेरिफिकेसन’ पद्धति प्रयोग गरी भएको अनलाइन मतदान गरिएको थियो । तर, मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई नै सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो ।

पोखरा

गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११ औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

नयाँ नेतृत्वका लागि विहीबार भएको भौतिक उपस्थितिसहित अष्ट्रेलियास्थित भेरोद्वारा ‘फेस भेरिफिकेसन’ पद्धति प्रयोग गरी भएको अनलाइन मतदान गरिएको थियो ।

तर, मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई नै सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो ।

नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रविना थापा र डा.बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए ।

अनलाइन मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माको समूहले मत परिणाम अस्वीकार गरेपछि निर्वाचन प्रक्रियालाई नयाँ ढंगले अघि बढाइएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गंगाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ ।

सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८० कात्तिक ५ गते आइतबार ०७:४९
हजुरको प्रतिक्रिया