२०८३ साउन २१ गते बिहीबार

बडा दशैंको आज टीकाको दोस्रो दिन, टीका लगाउने क्रम जारी

बडा दशैंको आज टीकाको दोस्रो दिन, टीका लगाउने क्रम जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ८ गते बुधबार ०७:५३

राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा टीका लगाइदिएका हुन् ।

पोखरा

बडा दशैंको टीकाको आज दोस्रो दिन । आज पनि दशैंको टीका लगाउने क्रम जारी छ । टीका लगाउने क्रम पूर्णिमासम्म चलिरहन्छ । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । हिजो विजया दशमीको मु्ख्य दिनमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैंको टिका लगाइदिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा टिका लगाइदिएका हुन् ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । दशैंको मुख्य दिनमा टीका लगाउन नभ्याउनेले पूर्णिमा सम्म पनि मान्यजनबाट टीका लगाउने चलन छ ।

प्रकाशित मिति २०८० कात्तिक ८ गते बुधबार ०७:५३
हजुरको प्रतिक्रिया